कोरोना सजकता : धनगढी जेसिज जनचेतना फैलाउदै (फोटो फिचर)

कोरोना सजकता :  धनगढी जेसिज जनचेतना फैलाउदै (फोटो फिचर)

धनगढी । धनगढी जेसिजले कोरोना भाइरसको जोखिम गर्ने उदेश्यका साथ जनचेतना मुलक व्यानरहरु तथा फ्ल्याक्स हरु लगाएको छ ।

धनगढीका विभिन्न क्षेत्रहरुमा चेतनामुलक तथा सन्देश सहितका सामाग्रीहरु राख्ने कार्य भएको धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले बताउनुभएको छ । सामाजिक उत्तरदायित्वको कार्यका रुपमा चेतनामुलक काम गरिएको जनाइएको छ ।

कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा आफ्नो तर्फबाट सबैलाइ सजकहुन पनि धनगढी जेसिजले आग्रह गरेको छ । धनगढी जुनियर जेसिज संगको सहकार्यमा धनगढी जेसिजले कोरोना सम्बन्धी सन्देशमुलक सामाग्री वितरण गरेका् हो ।