प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड- १९) को संभावित संक्रमण रोकथाम लगायतका बिषयमा शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कान्तिपुरलाई बताए ।

यो प्रकोप र संभावित जोखिमको सामना गर्न सरकारले गरेका तयारीलगायतका विषयमा प्रधानमन्त्री ओलीले संवोधन गर्न लागेका हुन्। 'समय तय भएको छैन, आज संवोधन गर्नुहुन्छ,' रिमालले भने ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन २५ जनाभन्दा धेरै भेला नहुने, शिक्षण संस्था बन्द गर्ने, अन्तराष्ट्र्रिय आवातजावात बन्द गर्ने निर्णय गरिसकेको छ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाटै काम गरिरहेका छन्।