डोटीको जोरायलमा वर्षासँगै आएको असिनापानीले हिँउदे बालीमा क्षति

डोटीको जोरायलमा वर्षासँगै आएको असिनापानीले हिँउदे बालीमा क्षति

डोटी : डोटीमा वर्षासँगै आएको असिना पानीका कारण हिँउदे बालीमा क्षति पुगेको छ । जिल्लाको जोरायल गाउँपालिकामा शुक्रबार दिउसो एक्कासी असिनापानी परेको थियो । करिब आधिघण्टा परेको असिना पानिले गढसेरा, चौकी लगायतका क्षेत्रमा क्षेति पुराएको स्थानिय फडेन्द्र खडायतले जानकारी दिनुभयो ।

असिनाले हिँउदे खेती गहुँ, जौ, रायोलगायतका बालीनाली तथा तरकारी खेतीमा समेत क्षति पुगेको हो । यो बर्ष पटक पटक पानी परेकाले हिउँदे बाली राम्रो थियो तर असिनाले क्षति गर्दा दुःख लागेको खडायतले बताउनुभयो ।

आकासे खेतिको भरमा रहेका डोटीका कृषकहरुलाई बर्षेनी असिनापानीले ठुलो क्षेती पु¥याउदै आएको छ । पाक्न लागेको काफलमा समेत व्यापक क्षति र्पुयाएको छ । लामो समयपछि यस क्षेत्रमा वर्षासहित असिना परेको हो ।

हिउँदे बाली तथा तरकारी बालीमा आलु, प्याज, लसुन, पालुंगो, काउली लगायतमा असिनाले क्षति गरेको छ ।