दार्चुलामा प्रथम अपी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन हुने

दार्चुलामा प्रथम अपी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन हुने

दार्चुला : नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा दार्चुलामा प्रथम अपी प्रिमियर लिग ९एपिएल० टी(ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ  । 

अपी हिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब एमसिसि को सह–आयोजनामा कार्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

अपी हिमाल गाउँपालिका–४, सम्देलीचौड खात्तीमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ७ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अक्सनमार्फत असोज ३० गते खेलाडी छनौट गरिने प्रतियोगिताका निर्देशक खडक लोथ्यालले जानकारी दिनुभयो । 

दार्चुला जिल्लाको क्रिकेटको इतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनौट गरिन लागिएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७५ हजार  तथा द्वितीय पुरस्कार रु ४० हजार ट्रफी र प्रमाणपत्र राखिएको छ ।  यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले नगद रु  ५ हजार पदक र प्रमाणपत्र पाउनेछन् । 

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर,उदीयमान खेलाडी तथा अनुशासित खेलाडीले जनही रु  २ हजार ५०० नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र पाउने जनाइएको  छ । 

प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुने भएको छ । साभार : उज्यालाे अनलाइन