कोरोना त्रास : प्रचण्डले गरे भेटघाट बन्द, कार्यक्रममा पनि नजाने

कोरोना त्रास : प्रचण्डले गरे भेटघाट बन्द, कार्यक्रममा पनि नजाने

विश्वभर महामारीको रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेका छन् ।

प्रचण्डले भेटघाटसहितका सबै कार्यक्रम स्थगित गरेको उनका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएकी हुन् । यसअघि बुधवार सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन आह्वान गरिसकेको छ ।