डाक्टर भन्छन्-काेराेनाबाट जाेगिन दिनमा दुई पटक माेबाइल धुनुहाेस्

डाक्टर भन्छन्-काेराेनाबाट जाेगिन दिनमा दुई पटक माेबाइल धुनुहाेस्

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव दिएका छन् ।विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेकाे थियाे । 

तर हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुकाे सुझाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडा काे प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् । 

विभिन्न रसायनकाे प्रयोग गर्दा मोबाइलको स्क्रीन बिगार्न सक्ने भएकोले सामान्य साबुनपानी प्रयोग गर्न प्राविधिकले सुझाव दिएका छन् । मोबाइलकाे खोल निकाली सफा गरेर सुक्खा नरम कपडाले पुछ्न प्राविधिकको सुझाव छ । दैनिक एक/दुई पटक मोबाइल फोन सफा गर्न र हात भने बारम्बार धुन डाक्टरको सुझाव छ।