ठुलो मात्रामा नगद सहित ५ जना जुवाडेहरु पक्राउ

ठुलो मात्रामा नगद सहित ५ जना जुवाडेहरु पक्राउ

धनगढी । धनगढी बाट नगद सहित जुवाडेहरु पक्राउ परेका छन् ।

धनगढीको तारानगर स्थित बहादुर सिंह खत्रिको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ३६ हजार ४ सय २० सहित ५ जना लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय धनगढीको टोलीले जुवाखाल बाट नगद सहित जुवाडेहरु पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा धनगढी तारानगरका मोहन भट्ट, विशालनगरका भिम साउदँ, डोटीका दिप अधिकारी, धनगढीकै लाल ब. बम र अमिर गहतराज रहेका छन् । उनीहरु माथी थप अनुसन्धान भइरहेको जनाइएको छ ।