बिहे गर्ने पुरुष खोज्दै लाइन लागे युवती

बिहे गर्ने पुरुष खोज्दै लाइन लागे युवती

विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् । तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुवारी बस्न पनि बाध्य भएका छन् ।

यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन । युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् ।

हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह युद्दको कारण पुरुष को संख्यामा कमि आएको छ । लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।

युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचार हरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।

सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सामाजिक सुरक्षा लागि भनेपनि विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् ।