नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्सकाे विश्व वरीयतामा छलाङ

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्सकाे विश्व वरीयतामा छलाङ

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ बीडब्ल्यूएफले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौँ स्थानमा उक्लिएका छन् । यसअघि प्रिन्स १० औँ स्थानमा थिए ।

विश्व जुनियर ब्याडमिन्टनमा प्रिन्सले हात पारेको याे अहिलेसम्मकै ठूलो वरीयता हो । उनी भर्खरै जर्मनीमा भएको जर्मन इन्टरनेसनल सिरिजमा अन्तिम १६ सम्म पुगेका थिए ।

जुनियर ब्याटमिन्टनमा प्रिन्स राम्रो सम्भावना बोकेका खेलाडी हुन् ।