ज्यानमारा बन्दै कञ्चनपुरका सडक, ८ महिनामा ५४ दुर्घटना, २१ को मृत्यु

ज्यानमारा बन्दै कञ्चनपुरका सडक, ८ महिनामा ५४ दुर्घटना, २१ को मृत्यु

केही महिना यता कञ्चनपुरमा दिनहुँजसो दुर्घटना भइरहेका छन्।

तीव्र गति, जाँडरक्सी खाएर गाडी चलाउने तथा छाडा चौपाया आदिका कारण यहाँको सडक यात्रा असुरक्षित बन्दै गएको छ।

पछिल्लो दुई दिनमा मात्रै कञ्चनपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

आइतवार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–८ ‘क’ गाउँमा से ४ प ६९६६ र म २ प ५२२ नम्बरको मोटरसाइकल एक आपसमा जुधेर दिनदयाल रानाको मृत्यु भयो।

सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। घाइते पुनर्वासको बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार, ‘च’ गाउँका अर्जुन राना र कैलालीको गोदावरीका अनिल लामिछानेको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचार भइरहेको छ।

शनिवार मात्रै बेलौरी नगरपालिका–४ मा म १ ख ८४९ नम्बरको टिपरको ठक्करबाट ९ वर्षीय बालक आकाश रानाको मृत्यु भएको थियो। सोही घटनाका कारण आइतवार बेलौरी क्षेत्र तनावग्रस्त बन्यो।

चालकलाई पक्राउ गरी कारबाही तथा क्षतिपुर्तिको माग गर्दै पीडित परिवार र स्थानीयले बेलौरी बजार बन्द गरेका थिए।

आक्रोशित स्थानीयहरुको भीड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो।

यस्तै शनिवार नै पुनर्वास नगरपालिका–५ मा आइबिआरडी बजारबाट धनगढीतर्फ गइरहेको सु।प।प्र।०१००१ ह ३८१ नम्बरको अटो रिक्सा पल्टिँदा चालक अर्जुन धामीको मृत्यु भयो भने पुनर्वास–४ की लक्ष्मी ढकाल गम्भीर घाइते भइन्।

फागुन १ गते बिहीबार लालझाडी गाउँपालिका–५ चानदेवमा लु १ ख ८७१९ नम्बरको बसको ठक्करले म १ प १७६४ नम्बरको मोटरसाइकलका चालक पदम चौधरीको मृत्यु भएको थियो।

यस्तै, गत माघ ९ गते भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिपरले किचेर आफ्नै बिहेको कार्ड बाँडेर घर फर्किंदै गरेकी गोबरियाकी रमिता भट्ट ९रोशनी०को मृत्यु भयो।

माघ २३ गते भीमदत्त नगरपालिका–१० बागफाँटामा म २ प ७३५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भीमदत्त नगरपालिका–१९ बागफाँटाकी स्थानीय ८० वर्षीय तुलसीेदेवी चन्दको ज्यान गयो।

भीमदत्त नगरपालिका–१९ बागफाँटाको मोटरसाइकल दुर्घटना भएकोे एक हप्ता नबित्दै माघ २८ र २९ मा फेरि सवारी दुर्घटनामा परी २ जनाले ज्यान गुमाउनुप(यो।

माघ २८ गते शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा से १ क १९१६ नम्बरको जेसिबीको ठक्कर भीमदत्त नगरपालिका ब्रह्मदेवका गणेश वादीको मृत्यु भयो भने अर्को दिन माघ २९ गते कृष्णपुर नगरपालिका–२ वाणीमा से १ त १२७३ नम्बरको ट्रकको ठक्करबाट कैलाली गोदावरी नगरपालिका–१० का मोहन चौधरीको मृत्यु भएको थियो।

८ महिनामा २१ जनाको मृत्यु

कञ्चनपुरमा ८ महिनाको अवधिमा भएका ५४ वटा सवारी दुर्घटनाबाट २१ जनाको मृत्यु भयो।

ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७६र०७७ को ८ महिनाको अवधिमा ९फागुन २५ सम्म० जिल्लाका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको हो।

नियमित चेकजाँच तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेकाले बिगतको तुलनामा सडक दुर्घटना घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसी दाबी गर्छन्।

उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा भएका ५४ वटा सवारी दुर्घटनाबाट २१ जनाको मृत्यु र ४२ जना घाइते भएका थिए। तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने तथा छाडा चौपायाले गर्दा दुर्घटना हुने गरेको छ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार श्रावणमा २ दुर्घटनाबाट १ जना, असोजमा ३ सवारी दुर्घटनाबाट २ जना, कार्तिकमा ६ दुर्घटनाबाट २, मंसिरमा ९ सवारी दुर्घटनाबाट ४, पुसमा भएका २४ दुर्घटनाबाट ४ जना, माघमा ५ दुर्घटनाबाट ४ जना, फागुन हालसम्म ५ दुर्घटनाबाट ३ जनाको मृत्यु तथा ४ जना घाइते भएका छन्।

ज्यानमारा सडकः झलारी–गुलरिया

पूर्वपश्चिम महेन्द्र राजमार्गको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने क्षेत्र सवारी दुर्घटनाका दृष्टिकोणले ‘ज्यानमारा’ क्षेत्रको रुपमा बुझिन्छ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय जिल्लामा भएका सवारी दुर्घटनाहरु सबैभन्दा बढी सोही क्षेत्रमा भएका छन्।

तीव्र गति, मापसे सेवन गरेर सवारी साधन चलाउनु, छाडा चौपाया तथा सडकबत्तीको अभावमा सो क्षेत्रमा दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ्।

‘शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्रमा सबैभन्दा बढी दुर्घटना भएको देखिन्छ’ प्रहरी निरीक्षक केसीले भने, ‘सो क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि विभिन्न पक्षसँग समन्वय गरेर नयाँ योजनाका साथ अगाडि बढ्दै छौँ।’

सो क्षेत्रमा पछिल्लो २ दिनमा २ सवारी दुर्घटनाबाट २ जनाले ज्यान गुमाउनु परेको छ।

 

ठूला सवारी साधनको त्रास

टिपर लगायत ठुला सवारी साधनले सडक दुर्घटनाको खतरा बढेको छ। सामान्यतया नदीजन्य पदार्थ ९गिट्टी, बालुवा० ओसारपसारमा प्रयोग हुने टिपर, ट्रयाक्टरको अन्याधिक चापले गर्दा सडक दुर्घटनाको खतरा बढेको छ।

महाकाली नदी लगायत विभिन्न नदीबाट नदीजन्य पदार्थ ओसारपसार गर्नका लागि प्रयोग हुने टिपर तथा ट्रयाक्टरको अत्याधिक चापले गर्दा स्थानीय सर्वसाधारणहरु सडकमा यात्रा गर्न नै डराउँछन्।

‘विद्यालय जाने र आउने बेला स–साना बालबालिकालाई निकै डर छ, स्पीडले धेरै गाडी आउँछन्,’ स्थानीय कृष्णा भट्टले भनिन्।

यहाँका सडकखण्डहरुमा चल्ने टिपर र ट्रयाक्टरको त्रासमा स्थानीय सर्वसाधारणहरु यात्रा गर्न बाध्य छन्।

मदनचोक–झोलुङे पुल, बजार क्षेत्र र महेन्द्र राजमार्गमा टिपर र ट्रयाक्टरको अत्याधिक चाप तथा तीव्र गतिमा हाँकिने सवारी साधनको त्रासले यात्रुहरु यात्रा गर्न डराउने गरेका छन्।

जनचेतनामूलक कार्यक्रम

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।

जिल्लाका विभिन्न ठाउँमा चालक, विद्यार्थी, गाडी व्यवसायी लगायतसँग छलफल, अन्तक्रियाका साथै विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक केसीले बताए।

पछिल्लो समय दिनहुँजसो दुर्घटना हुन थालेपछि सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नुअघि सोच्न बाध्य बनाएको छ।