दहीसँग झुक्किएर पनि नखानोस् यी चिज

दहीसँग झुक्किएर पनि नखानोस् यी चिज

दही यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकारसंग मिसाएर खाना सकिन्छ । दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।

तर तपाईहरुलाई थाहा नहुन पनि सक्छ । केहि यस्ता चिजहरु छन् जसलाई दहीसंग मिसाएर खादा स्वास्थ्यलाई खराब बनाइदिन्छ ।

विभिन्न अध्ययनलाई आधार बनाएर बाहरिएका सूचनाका आधारमा हामिले तयार पारेका केही खानेकुराको सूचि यस्तो छ, जो दहीसँग नखाएकै बेस हुन्छ ।

केरा र दही

केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । शरीरमा टक्सिन बन्न थाल्छ । जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

 आँप र दही

दही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ ।

दही चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । किनभने यी दुइटाको स्वभाव एकआपसमा एकदमै विपरीत छ ।

 मासको दाल र दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हुने बताइन्छ । भुलेर पनि यिनलाई एकसाथ नखान सुझाइएको छ ।

 चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यी दुबैलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।