धनगढी डाइग्नोस्टिकले तेश्रो बार्षिकोत्सव मनाउने

धनगढी डाइग्नोस्टिकले तेश्रो बार्षिकोत्सव मनाउने

धनगढी उप महानगरपालिका वडा नम्बर ५ टि सि एन चोक स्थित धनगढी डाइग्नोस्टिकले बार्षिकोत्सवका अवशरमा बिषेस छुट अफर ल्याएको छ । आफ्नो तेश्रो बार्षिकोत्सवका अवशरमा डाइग्नोस्टिकले होलबडी प्याकेज ५ हजार, मिनि होलबडी प्याकेज २ हजार र थाइराइड जाँच ५ सयमा गराउन लागेको छ ।

फागुन २६ गते डाइग्नोस्टिक सेन्टर प्रागंणमा आयोजना हुने तेश्रो बार्षिकोत्सवका अवशरमा सो सुबिधा दिइने सञ्चालकले जानकारी दिएको छ । बिभिन्न निशुल्क शिबिर समेत आयोजना गरी सेवामुखी काममा समेत सक्रिय धनगढ डाइग्नोस्टिक सेन्टरले बार्षिकोत्सवका अवशरमा सो सुबिधा दिइने जनाएको हो । साथै हालसम्म डाइग्नोस्टिक सेन्टरले ६ सय ७० जनाको निशुल्क मधुमेह जाँच, ७ हजार बढीको सिकलसेल जाँच गरेको डाइग्नोस्टिक प्रालीका अध्यक्ष मिन बहादूर धामीले बताए ।

डाइग्नोस्टिक सञ्चालन देखी स्वास्थ्य जाँच गराउनेको संख्यामा समेत बृद्धी भएको सञ्चालकले जनाएको छ । यस डाइग्नोस्टिकले स्वास्थ्य जाँच गराउनुपर्छ भनेर जनचेतनात्मक काम समेत गरिरहेको प्रालीका प्रबन्धक निर्देशक महेन्द्र साउँदले बताए ।