आश्रीत बालबालिका लाई सामाजिक उत्तरदायीत्व पनि सिकाइदै

आश्रीत बालबालिका लाई सामाजिक उत्तरदायीत्व पनि सिकाइदै

धनगढी ।  धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिका सामाजिक कार्यमा पनि सक्रिय हुदै आएका आएका छन् ।

विभिन्न समयमा आश्रममा रहेका बालबालिकाहरु लाई सामाजिक उत्तरदायित्व पनि महशुस गराउने उदेश्यका साथ विभिन्न सामाजिक कार्यक्रमहरुमा सहभागी गराईरहेको छात्रबासका प्रमुख महादेव थापा मगरले बताउनु भयो । 

सामाजिक क्रियाकलापमा टोल सरसफाई, टोलमा फालिएका प्लाष्टीक हरु संकलन गर्ने तथा नष्ट गर्ने लगायतका कार्यहरु बेलाबेलामा गरिदै आएका छन् ।

छात्रबासमा संचालक तथा संरक्षकहरुको प्रत्यक्ष निगरानिमा अतिरिक्त क्रियाकलापमा पनि बालबालिकाहरु संलग्न भइरहेको प्रमुख थापामगरले बताउनुभयो । 

यस्तो कार्यले बालबालिकाहरुमा समाज प्रतिको उत्तरदायित्व पनि बोध हुने छात्रबासमा संथापक तथा संरक्षक योगेन्द्र चन्दले बताउनुभयो । 

धनगढीमा रहेको आमाको माया छात्रबासले अहिले ३१ जना बालकहरुलाई आश्रय दिएको छ। छात्रबास विभिन्न व्यक्ती तथा संस्थागत रुपमा आउने मुठिदानबाट सञ्चालन रहेको छ।