कोरोना त्रास: गड्डाचौकी नाकामा चेकजाँचमा कडाइ, दैनिक हजार बढीको स्वास्थ्य परीक्षण

कोरोना त्रास: गड्डाचौकी नाकामा चेकजाँचमा कडाइ, दैनिक हजार बढीको स्वास्थ्य परीक्षण

कञ्चनपुर : भारतमा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा यसको जोखिम नियन्त्रणका प्रयासहरु भैरहेका छन् । भारतसँग खुल्ला सीमाना भएका कारण त्यसको संक्रमण नेपालमा भित्रिने जोखिम बढेपछि विभिन्न नाकामा चेकजाँच सुरु भएको हो ।

पश्चिमी नाका गड्डाचौकीबाट भारतको राजधानी दिल्लीसँग सबैभन्दा छोटो दुरीमा पुग्न सकिन्छ । यस नाका हुदै काठमाण्डौं, पोखरा, विराटनगर, महेन्द्रनगरलगायतका जिल्लाबाट नेपाल–भारत मैत्री बसहरु सञ्चालन हुने गरेका छन् ।

जसका कारण भारतको नयाँदिल्लीमा देखा परेको कोरोना नेपालमा पनि भित्रिने त्रास बढेको हो ।कञ्चनपुरलाई संक्रमणको उच्च जोखिम रहेको क्षेत्रको रुपमा हेरिएपछि केही दिनयता गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा कोरोनाको चेकजाँचको काम सुरु गरिएको छ ।

जिमुवा स्वास्थ्य चौकीका कर्मचारी सुदर्शनदेव भट्टका अनुसार अहिले दैनिक एक हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अर्कोतिर सीमानाकामा निःशुल्क स्वास्थ्य परिक्षण हुन थालृपछि यात्रुहरु पनि खुसी भएका छन् । महामारी भित्रिन नदिन सीमानाकामा चेकजाँज गर्नु सही भएको उनीहरुको प्रतिक्रिया छ ।

उता, विश्व स्वास्थ्य संगठनको टोलीले समेत गड्डाचौकी नाकाको अनुगमन गरी खुला रुपमा हुने आवागमनलाई मध्यनजर गर्दै चेकजाँचमा कडाइ गर्न जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयलाई सुझाव दिएको छ ।