नेकपाको सचिवालय बैठक कात्तिक ४ मा

नेकपाको सचिवालय बैठक कात्तिक ४ मा

काठमाडौँ :  नेकपा कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पुनः सरेको छ । 

आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो । 

उहाँले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताउनुभयो । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो । 

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो ।