लागु औषध नाईट्राभेट सहित १ जना पक्राउ

लागु औषध नाईट्राभेट सहित १ जना पक्राउ

धनगढीबाट लागु औषध नाईट्राभेट कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक हेमराज भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ स्थित संकास्पद रुपमा हिडिरहेको अवस्थामा स्थानीय संजिव रानालाई प्रहरीले पक्राउ गरेको हो।

रानाको साथबाट ६० टयाब्लेट नाईट्रोभेट फेलापारी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको छ।