आमाको संम्झनामा अक्षय कोषको स्थापना

आमाको संम्झनामा  अक्षय कोषको स्थापना

अत्तरिया – दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका लेखा शाखाका नासु पदमा कार्यरत कर्मचारी रतन कार्कीले आफ्नी स्वर्गिय आमाको सम्भनामा अक्षय कोषको स्थापना गरेका छन ।

कार्कीले बिहिबार आफ्नो जन्मदिनको अवसरमा कैलालीको गोदावरी नगरपालीका २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयमा ४० हजारको अक्षय कोषको स्थापना गरेका हुन ।

उनले उक्त विद्यालयमा अद्ययन गर्ने अपांगता भएका बालबालीकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै ४० हजारको अक्षय कोष स्थापना गरी सहयोग गरेका हुन ।

कार्कीले ४० हजारको चेक विद्यालयकी प्रधानाध्यापक देवी साउँदलाई चेक हस्तान्तरण गरेका थिए ।