प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार, चिया दिइयो

प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार,  चिया दिइयो

काठमाडौं : मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आशातीत सुधार भएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई बिहीबार बिहान कालो चिया दिइएको छ।

प्रत्यारोपणको १५ मिनेटमै मिर्गौलाले काम गर्न थालेर करिब आधा लिटर पिसाव बाहिरिएसँगै ओली ‘डेन्जर जोन’ बाट निस्किएको चिकित्सकहरुले बताएका थिए। नयाँ मिर्गौलाले राम्रो काम गरेपछि बिहीबार बिहानसम्म करिब १० लिटर युरिन पास भएको उनका निजी चिकित्सक डा. अरुण सायमीले जानकारी दिए।

‘मिर्गौला प्रत्यारोपण गरेको बिरामीको शरीरबाट जति धेरै युरिन पास भयो, त्यति धेरै राम्रोसँग मिर्गौलाले काम गरेको मानिन्छ’, सायमीले थाहाखबरसँग भने, ‘प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गर्न थालेको छ। प्रत्यारोपण गरेदेखि तीन दिनसम्म सबैभन्दा खतरा मानिन्छ।