धनगढी : राष्ट्रको शान युवा तथा खेलकुद बिकासको अभियान भन्ने नाराका साथ कैलालीको बर्दगोरियामा राष्ट्रब्यापी खुल्ला भविबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको साईनिङ स्टार युुवा क्लवको आयोजनामा यही फागुन २३ गते देखी २८ गते सम्म प्रतियोगिता संचालन हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ ।
बिगतमा स्थानीय रामजानकी मन्दिर संरक्षण समितीले आयोजना गर्ने गरेको प्रतियोगिता ३ वर्ष यता लगातार क्लवले संचालन गर्दै आएको छ । प्रतियोगिताको तेश्रो संस्करणमा सुदुरपश्चिम तथा कर्णाली प्रदेशका गरी २० टीमको सहभागिता रहने अनुमान गरिएको छ । खेलकुदको बिकास तथा खेलाडी उपादनका लागि नियमित प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष मिलन ओलीले बताए । क्लवले प्रतियोगिता संचालन मात्र नभई समाजको सकारात्मक रुपान्तरण र बिकासका लागि समेत काम गरिरहेको उनको भनाई छ ।
हरेक वर्ष फागु पुर्निमाको अवसर पारी आयोजना गरिने भलिबल प्रतियोगितालाई स्थानीयवासी तथा दर्शकहरुले निकै महत्वका साथ लिने गरेका छन । बिगतका प्रतियोगितामा बाहिरी खेलाडीहरुको बर्चस्व हुदा स्थानीय खेलाडीहरुले अवसर गुमाउने समस्यालाई मध्यनजर गर्दै यो प्रतियोगितामा एउटा टिममा २ जना मात्र बिदेशी खेलाडी समाबेस गर्न पाईने पत्रकार सम्मेलन मार्फत जनाकारी दिईएको छ ।