कैलालीको अत्तरीयामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना, ठुलो क्षति हुनबाट जोगियो

कैलालीको अत्तरीयामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना, ठुलो क्षति हुनबाट जोगियो

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । 
पुर्ववाट धनगढीतर्फ आउदै गरेको ना ५ ख १०१३ नम्बरको ट्याङ्कर शनिवार विहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएपनि कुनै क्षति भएको छैन र ठुलो क्षति हुनबाट जोगिएको छ । 

ट्याङ्कर दुर्घटना भएर सडकमा पल्टिएको थियो भने सवै डिजेल सडकमा पोखिएको थियो ।  

तिब्र गतिमा रहेको उक्त ट्याङक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक किसन सिंह ठकुरीले बताउनुभयाे । 

दुर्घटनापछि चालक टीकापुर, नगरपालिकाका हरिलाल चौधरी फरार छन भने सह–चालक रामस्वरुप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।