खप्तड गोल्डकप : आयोजक नै च्याम्पियन

खप्तड गोल्डकप : आयोजक नै च्याम्पियन

धनगढी । मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूपश्चिम खप्तड गोल्डकपको उपाधिमाथि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले कब्जा जमाएको छ। धनगढी रंगशालामा आज भएको फाईनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै सुदूरपश्चिम–११ स्पोर्टस क्लबले उपाधिमाथि कब्जा जमाएको हो। सुदूरपश्चिमको जितमा विक्रम सिंह ठकुरीले एक गोल गरे। 

उपाधिसंगै आयोजक टीमले २१ लाख १ रुपैया पाएको छ। उपविजेतामा चित्त बुझाएको थ्री स्टारले १० लाख १ रुपैँया पाएको छ। यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ।