धनगढी : काठमाण्डौको वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो। हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलनअनुसार मङ्गलबार बिहान लिङ्गो ठड्याइएको हो।रङ्गिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो। यो वर्षको होली पहाडमा आउँदो सोमबार र तराईमा मंगलबार परेको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन्।