"सरकार पार्टीकै निर्देशनमा चल्नुपर्छ" :  बरिष्ठ नेता नेपाल

"सरकार पार्टीकै निर्देशनमा चल्नुपर्छ" :  बरिष्ठ नेता  नेपाल

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले सरकार पार्टीकै निर्देशनमा चल्नुपर्ने बताउनुभएको छ । पार्टीको बिधान र उद्देश्य अनुसार सरकार नचले असफलताको दिशातर्फ जान सक्ने बरिष्ठ नेता नेपालले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटि द्वारा आयोजित प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले पार्टीले चुनावी एजेण्डा बनाए अनुसार सरकारले काम गर्नुपर्ने हुँदा अन्तमा पार्टीकै निर्देशनमा सरकार चल्नुको बिकल्प नरहेकोे जिकीर गर्नुभयो ।

सरकार गलत दिशामा गएपनि पार्टीले नै सही दिशातर्फ ल्याउन निर्देशन गर्ने हुँदा पार्टीको निर्देशन बिना सरकार चल्न नसक्ने नेपालको तर्क छ । पार्टी कै निर्देशनमा चल्नुपर्छ भनेर आफ्नो मान्छे प¥यो की खान पाइन्छ भन्ने मानसिकता त्याग्न उहाँले कार्यकर्ता लाई निर्देशन दिनुभयो । लाखौँ कार्यकर्ताको पसिनाबाट बनेको पार्टीमा स्वार्थ नराखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो  । 

प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको सत्ता ल्याउनका लागी पार्टी एकता गरेको बताउनुभयो । जनतालाई सुखी बनाउनका लागी शिक्षा, स्वास्थ्य, खानेपानी लगायत भौतिक पुर्वाधार बिकासमा जोड दिन नसके पार्टीले आफ्नो लक्ष्य पुरा गर्न नसक्ने श्रेष्ठको निष्कर्ष छ । कम्युनिस्ट पार्टी भएका कारण सामाजिक न्याय सहितको सम्बृद्धीको लक्ष पुरा गर्नै पर्ने श्रेष्ठको भनाई छ । 


भेलालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, स्थायी कमिटि सदस्य भिम रावल, स्थायी कमिटि सदस्य एवम उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम सहइन्चार्जहरु, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतकाले सम्बोधन गरेका थिए ।

भेलाको अध्यक्षता नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले गर्नुभएको थियो ।