माया मेट्रो अस्पतालमा सिटिस्क्यान, भोलि बाट सेवा शुरु

माया मेट्रो अस्पतालमा सिटिस्क्यान, भोलि बाट सेवा शुरु

धनगढी ।  स्थापनाको छोटो समयमा नै ख्याती कमाएको धनगढी स्थित माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु हुने भएको छ।

मंगलवार एक समारोहका विच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  सिटिस्क्यान सेवाको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।

अस्पतालमा आउने विरामीको लागि सुविधाको लागि सेवा सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताउनुभयो।

उहाँका अनुसार अस्पतालले ६४ स्लाईसको सिटिस्क्यान मेसिनबाट सेवा प्रदान गरिने छ । ३ करोडको लगानीमा सिटिस्क्यान मेसिन ल्याईएको हो ।

यो सेवा सुचारु भएसंगै सिटिस्क्यान गराउनको लागि बाहिर पठाउन पर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।