स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालद्धारा सेती प्रादेशिक अस्पतालको निरीक्षण

स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालद्धारा सेती प्रादेशिक अस्पतालको निरीक्षण

धनगढी : कैलालीको धनगढीमा रहेको सुदुरपञ्चिम प्रदेशको सबै भन्दा पुरानो अस्पताल सेती प्रादेशीक अस्पतालको स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गर्नु भयको छ ।

अस्पताल पुग्नुभएका स्वास्थय तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल अस्पतालको निरीक्षण पश्चात अस्पतालको व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुबिधासम्पन्न उच्च तहको अस्पताल बनाउने घोषणा गर्नुभयो ।

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिटै पठाउने आश्वास दिनुहुँदै अब शैयाको आधारमा नभई तहकोे आधारमा अस्पताललाई वर्गिकरण गरिने जानकारी दिए । मन्त्री ढकालले अस्पतालको बिकासका लागि सहयोग गर्न आफु र आफनो मन्त्रालय प्रतिबद्ध रहेको  उहाको भनाइ रहेको छ ।

अस्पतालमा देखिएका कमिकमजोरीलाई तत्काल सुधार गरि जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाले अस्पताल प्रशासनलाई निर्देशन समेत दीनुभयको छ । मन्त्री  ढकाल सेती प्रादेशिक अस्पतालमा पुग्दा अस्पताल प्रशासनले स्वागत समेत गरेको थियो ।