न्युजिल्याण्डसामु भारत निरीह, टेष्टमा पनि हार्‍यो

न्युजिल्याण्डसामु भारत निरीह, टेष्टमा पनि हार्‍यो

न्युजिल्याण्डले भारतविरुद्धको दुई म्याचको टेष्ट श्रृखंला २–० ले जितेको छ। दोस्रो टेष्टमा भारतले दिएको १३२ रनको सामान्य लक्ष्य तीन विकेटको क्षतिमा पुरा गर्यो। न्युजिल्याण्डलाई  जित दिलाउन ओपनरद्वय टम लाथम र टम ब्ल्न्डेलले अद्र्धशतकीय पारी खेले। 

भारतका लागि जसप्रित बुमराहले दुई तथा उमेश यादवले एक विकेट लिए। घरेलु मैदानमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र वेष्टइन्डिजलाई हराउँदा सशक्त देखिएको भारतीय टोलीको न्युजिल्याण्डको भूमीमा भने बलिङ र ब्याटिङ दुबैमा फितलो साबित भयो।

छ विकेटको क्षतिमा ९० रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको भारत थप ३५ रन जोड्दा दोस्रो पारी १२४ रनमा सीमित हुन पुग्यो। न्युजिल्याण्डले १३२ रनको सहज लक्ष्य पायो। भारतीय पारीमा चेतेश्वर पूजाराले बनाउनुभएको २४ रन नै सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले चार तथा टिम साउदीले तीन विकेट लिए। न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा २३५ रनमा समेटिन पुग्यो। ओपनर टम लाथमले सर्वाधिक ५२ तथा टम ब्ल्न्डेलले ३० र कायल जमीन्सनले ४९ रनको योगदान गरे।

न्युजिल्याण्ड पहिलो पारीमा भारतभन्दा सात रनले पछाडि पर्यो । भारतका लागि जसप्रित बुमराहले तीन तथा मोहम्मद सामीले चार, रबिन्दर जडेजाले दुई र उमेश यादवले एक विकेट लिए।