इसेवा अफर : बस टिकट लिदाँ २० प्रतिशत क्यासब्याक

इसेवा अफर : बस टिकट लिदाँ २० प्रतिशत क्यासब्याक

धनगढी । धनगढी काठमाडौंका लागि इसेवा बाट बस टिकट लिदाँ २० प्रतिशत क्यासब्याक पाइने भएको छ । इसेवाले धनगढी काठमाण्डौ यात्रा गर्ने यात्रुको सुविधालाई ध्यानमा राख्दै यो अफर सार्वजनिक गरेको हो ।

सुदुर पश्चिम यातायात प्रा लि सँगको सहकार्यमा २० प्रतिशत क्यासब्याक इसेवामा पाउने इसेवाका सुदूरपश्चिम प्रमुख कमल बमले जनाउनुभएको छ । यो संगै यात्रुहरुलाई सहुलियत हुने विश्वास व्यक्त गरिएको छ । 


इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ ।