थरुहट राष्ट्रिय मोर्चाद्वारा फागुन २० र २१ गते आमहड्तालको घोषणा

थरुहट राष्ट्रिय मोर्चाद्वारा फागुन  २० र २१ गते  आमहड्तालको घोषणा

कैलाली : थरुहट(थारुवान राष्ट्रिय मोर्चाले सशक्त आमहड्तालको घोषणा गरेको छ । मोर्चाले सरकारलाई दबाब दिन आमहड्तालको घोषणा गरेको हो । सरकार संग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिई आफ्ना माग मुद्धा पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत यहि फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाका केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमाा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाएको छ ।

आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ ।

तर आम हड्तालको समयावधिमा अत्यावश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने छन् ।