हङकङले नेपाललाई दियो १५५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो १५५ रनको लक्ष्य

काठमाडाै‌ :  एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपाललाई हङकङले १ सय ५५ रनको चुनौती दिएको छ। थाइल्याण्डको बैंककमा जारी खेलमा टस हारेको हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो।

हङकङका लागि निजकान्त खान मोहम्दले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए। त्यस्तै हरुन मोहम्द अस्रफले २७ तथा जेम्स जोनले १३ रन बनाए।

  नेपालका लागि सन्दीप लामिछाने र सुुसन भारीले समान २ विकेछ लिए भने कुशल मल्लले एक विकेछ लिए।  प्रतियोगिताको उत्कृष्ट दुईमा रहन नेपालले आजको खेल जित्नै पर्ने हुन्छ।

 हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो।  टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् । जसमा नेपाल र हङकङले समान ४–४ पटक विजयी भएका छन्। प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।