कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 5
निको भएको 1
मृत्यु 0

बिश्व भरि

पुष्टि भएको 857,487
निको भएको 178,034
मृत्यु 42,107

काठ तस्करीमा संग्लग्न जनप्रतिनिधि सहित २ पक्राउ

धनगढी खबर    

काठ तस्करीमा संग्लग्न जनप्रतिनिधि सहित २  पक्राउ
फाइल फोटो ।

धनगढी- कैलालीबाट काठ तस्करी गर्दागर्दै जनप्रतिनिधीसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का सदस्य निरज चौधरी र स्थानीय जित चौधरीलाई ५० थान कडी ढुवानी गर्दैगर्दै सव–वन डिभिजन कार्यालय चौमालाले पक्राउ गरेको हो।  

सव–वन डिभिजन कार्यालयल चौमालाले उनीहरुले सालको कडी ढुवानी गर्न प्रयोग गरेको ट्याक्टर समेत नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलका अनुसार शुक्रबार बिहान ४ बजेको सयममा उनीहरुलाई जंगलबाट सव–वन डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको टोलीले पक्राउ गरेको थियो। 

से२प ८९४ नम्बरको ट्याक्टरमा ढुंगा भित्र ५० थान ३/४ का सात फिट लम्बाईका ५० थान कडी ढुवानी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रमुख कडेलले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट ट्याक्टर वडा सदस्य निरज चौधरीको रहेको भन्ने खुलेको छ’ उनले भने ‘ट्याक्टर उनीले नै चलाइरहेका थिए।’ 
सव–डिभिजन वन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीका अनुसार ५० थान कडीको २९ दशमलव १६ क्यूफिट हुन्छ। सो अनुसार कडीको मुल्य ४२ हजार हुनआउँछ।(दिनेश खबर)



शुक्रबार १६, फागुन २०७६ ०५:५५ मा प्रकाशित

#kaatha #Gauriganga
Loading...

प्रतिकृया दिनुहोस