बालबालिह विरुद्धको जागरण अभियान कार्यक्रम सम्पन्न

बालबालिह विरुद्धको जागरण अभियान कार्यक्रम सम्पन्न

डोटी : आजैबाट हामी सबै बालविवाह विरुद्ध जुटौ बालबालिकाहरुको सुनौलो भविष्य सुनिश्चित गरौ । भन्ने मुलनारा का साथ बालविवाह विरुद्धको जागरण अभियान कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडानम्बर ८ लडागडामा सम्पन्न भएको छ।कार्यक्रममा बालविवाह विरुद्धका लागि नाटक, एकल प्रस्तुति, ठाडि भाका लगाएतका विभिन्न सास्कृतिक कार्यक्रमहरु गरियको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रमुख खड्का ले बालविवाह न्युनिकरणका लागि नगरपालिका निरन्तर लागि पर्ने छ संघसंस्थालाई सहयोग गरि अगाडी वढ्ने प्रतिवद्धता गर्नु भएको छ । लाडागडालाइै बालविवाह अन्त्यका लागि यस वडाका विभिन्न टोल स्तरिय वाल संरक्षण समिति , वडास्तरिय बाल संरक्षण समिति,वालकल्व,युवाकल्व गठन गरि वडाका विभिन्न टोलमा निरन्तर यस्तै चेतना मुलक कार्यक्रमबाट सचेतिकरण गराई यस वडालाइै ३ वर्ष  भित्र बालविवाह मुक्त बनाउन हाम्रो संस्थाले निरन्तर कार्य गरिरहने सामुदायिक विकास केन्द्र डोटी, का शिछा परियोजना अन्तर्गत शिछा विकास अधिकृत एकराज बडुले जानकारी दिनुभयको छ।