दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

‘पेट्रोलियम पदार्थको अन्वेषणमा रहेको चिनियाँ टोलीले पहिलो चरणको अन्वेषणको साईस्मिक सर्भेको काम पुरा गरेको छ । २०६७ कार्तिक महिनादेखि शुरु भएको अन्वेषणको काम करिब साढे चार महिनामै सम्पन्न चिनियाँ टोलीले पुरा गरेको हो । अन्वेषण टोलिले ‘जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिर्ङ र साईस्मिक सर्भे गरि ४ ओटा काम सम्पन्न भएको जनाएको छ ।’

खानी तथा भुगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेश त्रिपाठीले अन्वेषण अन्र्तगत सबैभन्दा महत्वपूर्ण मानिएको ‘साईस्मिक सर्भे’को काम बुधबार मात्र सम्पन्न भएको जानकारी दिए । ‘चिनियाँ प्राविधिक टोलीले केही दिनमा टेन्टहरुको व्यवस्थापन गरेर फर्किने छ’, उनले भने । अन्वेषण टोलीले चिनमा गएर अहिलेसम्म यो क्षेत्रमा भएका विभिन्न ४ प्रकारका सर्भेहरुको विश्लेषण गर्नेछ ।

टोलीले आफुहरुले गरेको कामबारे आफसी छलफलपछि निष्कर्ष निकाली,अर्काे चरणमा गरिने कार्यका लागि कुन ठाउँमा गर्ने भन्ने ठाउँमो एकिन गर्छ,’ र अर्काे टोली ‘अन्वेषण गरिएको क्षेत्रमा आउँछ । ’ पहिलो टोलीले निण्कर्ष ठाउँमा ‘ड्रलिङको’ काम अर्काे टोलीले गर्ने डा.त्रिपाठीले बताए । ‘ ड्रिलिङ्को काम आउँदो बर्षको भाद्र महिना देखि शुरु हुने छ’, त्रिपाठीले बताए ।

विभिन्न चरणको काममध्ये अन्वेषणको काम सकियो अव ‘पेट्रोलियम भए नभएको ‘ड्रिलिङ्को’ काम हो । त्यो काम सम्पन्न पछि पेट्रोलको ‘भण्डार’ छ भनेर पुष्टि गर्ने डा.त्रिपाठीले बताए । पहिलो चरणमा टोलिले जिल्लाका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न भागमा आधार बनाई ‘अन्वेषण’को काम सम्पन्न गरेको हो । अन्वेषण जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाई थालिए थियो ।