सुन-चाँदीको भाउ आज फेरी घट्यो हेर्नुहोस् तोलाको कति ?

सुन-चाँदीको भाउ आज फेरी घट्यो हेर्नुहोस् तोलाको कति ?

सुनचाँदीकाे भाउ शुक्रबार घटेको छ । सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।