शरीर र दिमागलाई स्वस्थ राख्न के गर्ने, यस्ता छन् ५ टिप्स

शरीर र दिमागलाई स्वस्थ राख्न के गर्ने, यस्ता छन् ५ टिप्स

पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताए ।

उनले भने,‘ शरीरलाई पूर्ण रुपमा स्वास्थ्य मान्नको लागि हाम्रो शरीर, दिमाग र मन पनि स्वास्थ्य हुनुपर्छ । हामीले हाम्रो मन, शरीर र दिमागलाई स्वास्थ्य राख्न सक्यौ भने मात्रै हामी स्वास्थ्य व्यक्ति हुन्छौं ।’

स्वास्थ्य रहनको लागि के गर्ने ?

धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने 

धुमपान र सुर्तीजन्य पदार्थको सेवनले मानिसहरुमा क्यान्सर,दम लगायतका गम्भीर र दिर्घकालिन रोगहरु लाग्न सक्छ । त्यसलै स्वास्थ्य रहनको लागि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनु पर्छ । 

स्वास्थ्यकर खानपान 

खान नजानेकै कारण पनि विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । स्वास्थ्य रहनको लागि हामीले हरेक दिन खाने खाना पनि स्वास्थ्य हुनुपर्छ । आफ्नौ शरीरलाई चाहिने पौष्टिक आहार नियमित रुपमा खानाले धेरै रोग लाग्नबाट बचाउँछ । खानामा नियमित रुपमा हरियो सागसब्जी सहितको खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ । 

पर्याप्त पानी पिउने 

स्वास्थ्य रहनको लागि शरीरमा पानीको मात्रा मिलाउनु जरुरी छ । स्वास्थ्य रहने चाहनामा शरीरले फिल्टर गर्न सक्ने भन्दा बढी पानी पिउँदा भने शरीरलाई असर पु¥याउन सक्छ । डा. रेग्मीका अनुसार शरीरले एक घण्टामा एक लिटर पानी मात्रै फिल्टर गर्न सक्छ । धेरै पानी एकैपटक पिउदा र कम पानी पिउँदा पनि शरीरलाई नकारात्मक असर पर्छ । 

नियमित व्यायाम तथा योगा

शरीर दिमाग र मनलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायाम तथा योगा गर्नु उपयुक्त हुन्छ । नियमित शारीरक व्यायाम र योगा गर्ने बानीले शरीरलाई स्वास्थ बनाउनुका साथै मन र दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । योगाले मुटु रोग र तनावलाई घटाउँछ ।

मोटोपना,रक्तचाप तथा सुगर नियन्त्रण

रक्तचाप, सुगर र मोटोपनाले शरीर र दिमाग दुबैलाई असर गर्छ । मोटोपनाले रक्तचाप र सुगरलाई पनि बढाउँछ । स्वास्थ्यकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना खटाउँन सहयोग गर्छ ।

इमोसन कन्ट्रोल गर्ने

शारीरिक रुपमा स्वास्थ्य रहेपनि मानसिक रुपमा तनाव र चिन्ता  लिने मानिसलाई स्वास्थ्य व्यक्ति भन्न सकिदैन । धेरै दुःखी हुने र चिन्नता लिइरहने बानीले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँछ  । जसले उसको जीवनयापना समस्या ल्याउँछ । त्यसैले स्वास्थ्य रहनको लागि इमोसन कन्ट्रोल गनुपर्छ ।