कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 5
निको भएको 1
मृत्यु 0

बिश्व भरि

पुष्टि भएको 857,487
निको भएको 178,034
मृत्यु 42,107

डिजेल र पेट्रोलमा अब प्रतिलिटर दश रुपैयाँ पूर्वाधार विकास कर लिइने

धनगढी खबर    

डिजेल र पेट्रोलमा अब प्रतिलिटर दश रुपैयाँ पूर्वाधार विकास कर लिइने

सरकारले डिजेल र पेट्राेलमा लिईँदै आएकाे विकास बजेट करको दर बढाएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ विकास बजेट कर बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहनुभएका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिनुभयो । 

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । उहाँका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास कर लिइँदै आएको थियो । 



शुक्रबार १६, फागुन २०७६ १०:५५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस