सवारी दुर्घटनामा कैलालीका एक युवकको काठमाडौंमा मृत्यु

सवारी दुर्घटनामा कैलालीका एक युवकको काठमाडौंमा मृत्यु

धनगढी : कैलालीको घोडाघोडी नगरपालीका–४ गैडाखेडाका एक युबकको काठमाडौंमा सवारी दुर्घटनामा परि निधन भएको छ । २३ वर्षिय आशिष भट्टको कार्यालय जाने क्रममा माइक्रोबस वाट खसेर मृत्यु भएको हो ।

फागुन १२ गते बिहान कार्यालय जाने क्रममा किर्तीपुरमा माइक्रोबसवाट खसेर गम्भिर घाइते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनका आफन्तले वताएका छन ।

कैलाली बहुमुखि क्याम्पसमा स्नातक अध्ययन सकेका उनि रोजगारी र थप अध्ययनका लागी काठमाडौं गएका थिए।