धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एजुकेशन डटकमको आयोजनामा शैक्षिक मेला हुने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहाने बिद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला हुन लागेको हो । धनगढीमा रहेको होटेल जलशामा फागुन १८ र १९ गते मेलाको आयोजना हुन लागेको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
“Learn Locally Fit Globally’’ भन्ने मुल नाराका साथ मेला आयोजना हुन लागेको भिजन मिडिया इन्कर्पोरेेेशनका प्रमुख कार्यकारी निर्देशक तारामान रावलले जानकारी दिनुभयो । साथै उक्त मेलाको टाईटल स्पोन्सर प्रेसीडेन्सील विजनेस कलेज रहेको छ भने इभेन्ट म्यानेजमेन्ट भिजन मिडिया इन्कर्पोरेशन रहेका छन ।
आगामी आईतबार र सोमबारर हुने मेलामा काठमाण्डौ बिश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र एश्वर्य मल्टिपल क्याम्पसका विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिईने प्रदेश संयोजक देबेन्द्र जोशीले बताउनुभयो ।
यसैगरी सुदूर पश्चिमाञ्चल क्याम्पस, कैलाली मल्टिपल क्याम्पस, नेपाल वेश्टर्न कलेज तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालय सँग आवद्ध विद्यार्थीलाई परामर्श दिईने उहाँले बताउनुभयो । यो मेलामा ३० भन्दा बढी कलेजको सहभागीता रहने छ भने सुदुरपश्चिम प्रदेशका विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहनेछ ।