वामदेवलाई राष्ट्रियसभामा ल्याउने सचिवालयको निर्णय

वामदेवलाई राष्ट्रियसभामा ल्याउने सचिवालयको निर्णय

 

काठमाडौं : नेकपा सचिवालयले नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने सचिवालयको निर्णय गरेको छ।बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

 प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल ओलीबीच त्यस विषयमा अलग्गै  भेटवार्ता भएको थियो। अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठब बसेको हो। 

अध्यक्षद्वयबीचको भेटमा संविधान संशोधनको तयारी र बाहिरको प्रतिक्रिया, गोकुल बाँस्कोटाको अडिओ प्रकरण, एमसीसीलगायतका विषयमा छलफल भएको बुझिएको छ। पछिल्लो समयमा सरकार र पार्टीले नागरिक स्तरबाट खेप्‍नुपरेको व्यापक आरोप र आलोचना कसरी सामना गर्ने भन्‍नेबारेमा छलफल केन्द्रित रहेको थियो। 

सचिवालयमा बैठकमा कार्यदलको प्रतिवेदनपछि एमसीसीमा कसरी अघि बढ्ने भन्‍ने बारेमा पछि छलफल भएको छ।