दिनेश खबरको दोस्रो वार्षिकोत्सव , पूर्व सम्पादकहरुलाई सम्मान

दिनेश खबरको दोस्रो वार्षिकोत्सव , पूर्व सम्पादकहरुलाई सम्मान

धनगढी।  धनगढी बाट सञ्चालनमा रहेको दिनेश खबर डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ। आज धनगढीमा एक समारोहकाबिच खबरले दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । 

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि देश सञ्चारका सम्पादक युवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा.रणबहादुर रावल, नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ, नेकपा कैलालीका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य रतन थापा, जिल्ला अदालत कैलालीका मुख्य न्यायधिश जयानन्द पनेरु, राजपाकी प्रदेशसभा सदस्य मालामती कुमारी राना लगायतले मन्तव्य राखेका थिए।

वार्षिकोत्सवको अवसरमा पूर्व सम्पादकलाई सम्मान समेत गरिएको छ। सम्मान ग्रहण गर्नेमा पूर्व सम्पादक टेकराज जोशी, शिवराज भट्ट, सीताराम ओझा र दीपक जोशी रहेका छन् ।  कार्यक्रममा दिनेश सञ्चारक गृहका प्रबन्ध निर्देशक गोपाल हमालले दिनेश खबर डटकमको दुई वर्षे यात्रा सम्म सहयोग गर्ने स्रोता, दर्शक, पाठक तथा विज्ञापनदातामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।