नेकपा सचिवालयको बैठक हुँदै

नेकपा सचिवालयको बैठक  हुँदै

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) सचिवालय बैठक  हुँदैछ। केहीबेरमा बैठक औपचारिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

सचिवालय बैठक अघि दुई अध्यक्षबीच छलफल भएको छ।  “दुईअध्यक्षबीच समसामयीक विषयमा छलफल भयो”, प्रेस सल्लाहाकार थापाले भने, “अब सचिवालय बैठक बस्दैछ।”

सचिवालय बैठकमा प्रस्तुत हुने विषयमा दुईपार्टी अध्यक्षबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।   

दुई अध्यक्षबीच संविधान संशोधनका लागि नेता माधवकुमार नेपालको नेतृत्वमा बनाइएको कार्यदल, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणपछि नेकपामाथि भइरहेको आलोचना र त्यसको रक्षाको लागि पार्टीले तय गर्ने रणनितिबारे कुराकानी भएको बताइएको छ।

यीनै विषयले सचिवालय बैठकमा पनि प्रवेश पाउने देखिएको छ। 

एमसीसीबारे कार्यदलको सुझाव र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि दुईअध्यक्षले छलफल गरेका छन्। 

यस विषयमा सचिवालयमा पनि छलफल हुने भएको छ।