किबोर्ड बिनाकै मोवाइल आउँदै हेर्नुहोस् यस्तो छ ?

किबोर्ड बिनाकै मोवाइल आउँदै हेर्नुहोस् यस्तो छ ?

सामसुङ कम्पनीले एउटा अपत्यारीलो घोषणा गरेको छ । घोषणा अनुसार कम्पनीले कि–वोर्डबिनाकै मोबाइल बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुँदा टाइप गर्न झन्झटिलो हुने गुनासाहरु बेलारबेला सार्बजनिक भइरहँदा सामसुङले कि–वोर्ड नभएपनि चलाउन मिल्ने मोवाइल ल्याउने लागेको हो ।

सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने किसिमको सफ्टवयरको विकास गरेको हो । अमेरिकाको लस–भेगासमा ‘सीइएस टेक एक्सपो’मा सामसुङको क्रियटिभ ल्याबका क्रिस फक्सले बुधबार यसको परिक्षण प्रदर्शन समेत गरेका छन् ।

उनका अनुसार सेल्फीटाइपर भनिएको यो सफ्टवयर मोबाइलमा खोलेर अगाडि टाइप गर्दा कुन अक्षर अगाडि औला चलिरहेको छ भनेर सफ्ट्वयरले पहिचान गर्छ र अक्षर टाइप गर्छ ।