पहाडी जिल्ला ओखर खेतीका लागि उपयुक्त

पहाडी जिल्ला ओखर खेतीका लागि उपयुक्त

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला ओखर खेतीका लागि उपयुक्त रहेको कृषि निर्देशनालय दिपायलले जनाएको छ।

आइतबार चार जिल्लाको लागि डडेल्धुरा सदरमुकाममा प्रदेशस्तरीय ओखर बाली प्रवद्र्धनका लागि आयोजित गोष्ठीमा सुदूरपहाड ओखर खेतीका लागि उपयुक्त रहेको जनाइएको हो ।

ओखर खेतीमा धेरै मेहनत नलाग्ने तथा आम्दानी राम्रो देखिएकाले अब निर्देशनालयले पनि ओखर खेतीमा बढी लगानी गर्ने निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।

पहाड ओखरको राजधानी नै भएकाले अब प्रदेश सरकारले कृषकलाई ओखर खेतीमा आकर्षित गर्ने योजनाबद्ध रूपमा अगाडि बढ्नेमा उनले विश्वास व्यक्त गरे।

ठूलो परिमाण र मूल्यमा आयात भइरहेको व्यापक रूपमा गुणस्तरीय उत्पादनलाई सार्थक बनाउनु पर्ने, बहुआयामिक उपयोगमा ल्याउन नसकिएको, सिँचाइको भौगोलिक विकटता, सडक यातायात, विद्युत् र सञ्चारलगायत अन्य आवश्यक भौतिक पूर्वाधारहरुको विकासलाई तीव्रता दिनुपर्ने, युवा जनशक्ति विदेश पलायन हुनु, तिनलाई कृषि पेशामा आकर्षित गर्नु र टिकाइ राख्नुलगायतका समस्या र चुनौतीहरु रहेको निर्देशक जोशीले बताए।

ओखर खेतीको वर्तमान अवस्थाबारे जानकारी आदान प्रदान गर्ने, आगामी बर्षहरुमा ओखर खेती कार्यक्रम तर्जुमाका लागि स्थानीय तहसंग अन्तरक्रिया तथा सुझाव संकलन कृषि विकास निर्देशनालय र स्थानीय तहबीच समन्वय गर्ने उद्देश्यले निर्देशनालयले यहाँ कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमा सहभागी कृषक तथा कृषि प्राविधिक र जनप्रतिनिधिहरुले कृषिमा अब अनुदान दिने प्रणाली अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। अनुदान लिने नाममा फेक कृषक मोटाएकाले अब कृषीमा अनुदान प्रणाली भन्दा पनि बैंकहरुमार्फत सस्तो व्याज दरमा ऋण दिर्ने व्यवस्था मिलाउनुपर्ने कृषक प्रेन्स अवस्थीले बताए। कृषक अवस्थीकाले यसरी काम गर्ने कृषक मात्र छनोट आफैं हुने धारणा राखे।

कार्यक्रमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव खगेन्द्र शर्माले सुख्खा फलफूल बालीहरु सम्बन्धमा प्रदेश सरकारको सोच तथा नितीका बारेमा प्रष्ट परे। उनले प्रदेश सरकारले प्रायः सबै जसो मध्य एवं उच्च पहाडी जिल्लाहरुमा सम्भाव्य विभिन्न किसिमका हिउँदे फलफूल बालीहरु खासगरी ओखर जस्ता सुख्खा फलफूल बालीहरुको खेतीमा जोड दिने सोच रहेका बताए।