छोराछोरीको विहे गर्न सहमत सम्धी–सम्धिनी नै भागेपछि...

छोराछोरीको विहे गर्न सहमत सम्धी–सम्धिनी नै भागेपछि...

यो दुनियाँ बढो अजिबको छ । कहिलेकाहीँ यस्ता घटनाहरु बाहिर आइरहेका हुन्छन्, जसले हामीलाई विश्वास गर्न पनि गाह्रो पारिदिन्छन् । 

एउटा यस्तै समाचार आएको छ, भारतको गुजरातबाट । त्यहाँ आफ्ना छोराछोरीको विवाहमा नै सम्धी र सम्धिनी एकअर्कासँग प्रेममा परेर भागेका छन् । यो समाचार भारतीय प्रयोगकर्ताले खुबै सेयर गरेका छन् । 

हिम्मत पटेल र शोभना रावलले आफ्ना छोरा र छोरीको विवाहमा आफूहरुले पनि विवाह गर्ने निर्णय गरेका हुन् । त्यसो त उनीहरु पहिलो पटक भेटेका भने होइनन् । यी दुईको युवाअवस्थामा प्रेम रहेको बताइन्छ । 

प्रहरीका अनुसार ४३ वर्षका हिम्मत पटेल र ४२ वर्षकी शोभना रावल १० जनवरी देखि फरार भएका थिए । उनीहरुले छोराछोरीको विवाह फ्रेबुअरीमा गर्ने भनेका थिए । अब यो के हुन्छ भन्ने त्यहाँ अन्योल छाएको छ । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।