एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा आफ्नै श्रीमतीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । घटना यो अफ्रिकी मुलुक केन्याको हो । श्रीमानले योनाङ्ग टालिदिएपछि श्रीमती छटपटाई रहेकी थिइन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको अवस्था गम्भीर रहेको छ । छिमेकीले उद्दार गरेर उनलाई स्पतालमा भर्ना गरेका थिए । मिडिया रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् ।
उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका हुन् |
उनकी श्रीमतीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ | श्रीमतीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएर आफु फरार रहेको उद्दारकर्ताहरुको भनाई रहेको छ ।
जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् ।
मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् । प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुको भनाई छ ।