जानिराखौं मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम

जानिराखौं मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम

नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।

हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ ।

तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईको मोबाइल पड्किएर तपाईको ज्यान पनि लिन सक्छ । नेपालमा नै मोवाइल पड्किएका घटना पनि सम्भवतः तपाईले सुन्नु भएकै होला ।