बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

बसको ठक्करबाट  कैलालीमा एक जनाको मृत्यु

धनगढी : कैलालीमा बसको ठक्करबाट घाईते एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आईरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएका थिए।

घाईते मध्ये डडेल्धुराको आलीताल गाउँपालिका ८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण विष्टले बसको ठक्करबाट घाईते डम्बर भट्टको कोहपुरमा उपचारकै क्रममा मृत्यु भएको बताए।