पशुपति शर्माले ल्याए 'लुट्न सके लुट' भाग–२

पशुपति शर्माले ल्याए 'लुट्न सके लुट' भाग–२

चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग-२ गीत ल्याएका छन् । जता नी चोर...बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो । 

उनले यसअघि ल्याएको 'लुट्न सके लुट' गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् । 

यस गीतामा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् । 

अन्तिममा उनले नेपाल भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउन आह्वानसमेत गीतमार्फत गरेका छन् ।

समय सान्दर्भिक विषयवस्तुलाई लोक भाकामा ढालेर गीत बनाउने पशुपति शर्मा गतसालको चर्चिच गीत लुट्न सके लुट गीत कै भाग दुई रहेको उल्लेख गरेका छन् ।

उक्त गीतका केही शब्द र भिडियोका दृश्यमा सत्तारुढ दल नेकपाका केही व्यक्तिले आपत्ति जनाएपछि उक्त गीतको पक्ष विपक्षमा ठूलो वादविवाद चलेको थियो ।  सामाजिक सञ्जालमा मात्रै नभएर सडक, सदनसम्म उनको गीतले चर्चा पाएको थियो ।