निकै भयो एउटा प्रश्नले  दिमागमा डेरा जमाएर बसेको

निकै भयो एउटा प्रश्नले  दिमागमा डेरा जमाएर बसेको

निकै भयो एउटा प्रश्नले 
दिमागमा डेरा जमाएर बसेको
सोच्दछु कहिले काहीँ 
यो ठाउँका लागि म उपयुक्त भइन
वा यो ठाउँ नै उपयुक्त भएन मेरा लागी
सपना नदेखेकै जाती थियो 
खुसी थिए म तिनै कुना कन्दरा हरुमा
सुन पित्तल भएको देखिन्न थ्यो
एम्बुलेन्सले चित्तल ओसारेको देखिन्न थ्यो
यो समय नै ठिक छैन 
मैले पढेको पाठ्यक्रम र
तिमिले लिने परिक्षामा कुनै तालमेल भएन
आफै घोत्लिन्छु अनायासै
जवाफ खोज्न 

 

खोक्रा भाषण सुन्न छोडेको 
धेरै भयो तर 
सुनी रहेछु फेरि फेरि 
किन कि पानी मा बसेर 
माछा सङ्गको दुस्मनी मुर्खता नै लाग्छ 
झसङ्ग हुन्छु कहिले काहिँ 
तस्करको लस्कर बोकेर 
शुभारम्भ गरिएको समृद्धिको यात्रा
कहाँ गएर टुङ्गिन्छ होला
बिरक्त लागेर आउँछ 
चालकका चम्चाहरुको नालायकीपन 
हुन त भोक पछिको खाना र
स्वार्थ सिद्धि पछिको सम्बन्ध उस्तै उस्तै हो
चित्त भुझाउनु भन्दा अर्को बिकल्प छैन

 

भर्खरै खबर आएको छ
यसपटकको प्रेमोत्सब पनि 
छिमेकीको आदेश बिना मनाउन 
नसकिने भएको छ
ऊ सङ्ग भएको सम्झौता 
 पारित गराउन नसक्दा
सिमाना पारी नै रोकिएका 
बिचरा ती गुलाफहरुको 
केही दोष छैन 
तर पनि भोग्नु त परेको छ नि