पुर्नवासमा छैठौं जुनियर बेल्ट टेस्ट तथा सम्मान कार्यक्रम सम्पन्न

पुर्नवासमा छैठौं जुनियर बेल्ट टेस्ट तथा सम्मान कार्यक्रम सम्पन्न

पुर्नवास । नेपाल कराते महासंघ, राष्ट्रिय गोजुरियो कराते दो संघ,नेपाल कंचनपुर पुनर्वास शाखा अन्तर्गत मन्जित कराते डोजोका गोजुरियो कराते खेलाडीहरुको छैठौं जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कराते खेलको बिकास र बिस्तारका लागि मन्जित डोजो लाई राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकाश कुमार चन्दले एक थान म्याट हस्तान्तरण गर्नुभएको छ ।  

उहाँले कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष सुकदेव राना, मन्जित कराते डोजो का कृष्ण दत्त पन्त र पुनर्वास नगरका प्रमुख कराते प्रशिक्षक नरेन्द्र गुरुङलाई म्याट सयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

चन्दले आफ्नो खेल जीवनमा धेरै दुख र संघर्ष खेप्नुपरेको भन्दै खेलाडीहरुका लागि सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्तगर्नु भएको थियो ।

कार्यक्रममा खेलकुद सामाग्री दिएर सहयोग गर्नु हुने राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकाश कुमार चन्द, पुर्व मन्जित कराते प्रशिक्षक सुरज गुरुङ र नागरिक आवाजका सम्बादाता दीर्घ राज ओझा लाई सम्मान गरेको थियो ।

प्रमुख अतिथी सुकदेव रानाले उक्त कार्यक्रममा बोल्नु हुँदै  कराते खेलाडिहरुका लागि मिनि कबर्ड हल बनाउने र उक्त खेलको बिकाश र बिस्तार गर्न सम्पुर्ण खेलप्रेमीहरु आह्वान गर्नु भयो साथै भर्खरै सम्पन्न दोस्रो नगर स्तरीय तथा १२औं राष्ट्रपति रनिङ सिल्डमा पदक बिजेता कराते खेलाडीहरु लाई पनि बधाई तथा शुभकामना दिनुभयो ।

 कार्यक्रममा पुनर्वास नगरपालिका नगर कार्य समिति सदस्य बिस्णु बिक  लगाएत अभिभावक हरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन मन्जित कराते डोजोका सदस्य अमित बिक ले गर्नु भएको थियो भने प्रशिक्षण तर्फ मन्जित कराते डोजोका प्रमुख प्रशिक्षक नरेन्द्र गुरुङले गर्नु भएको थियो ।