मन्त्रालयको टोली सहित गृह क्षेत्रको औद्योगीक भ्रमणमा उद्योग मन्त्री भट्ट

मन्त्रालयको टोली सहित गृह क्षेत्रको औद्योगीक भ्रमणमा उद्योग मन्त्री भट्ट

धनगढी । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्रालयको भ्रमण टोली सहित उहाँको गृह प्रदेश समेत रहेको सुदूरपश्चिम प्रदेशको औपचारिक भ्रमणमा आउनुभएको छ ।

 मन्त्रालयका सचिवहरु सहित उहाँ यस प्रदेशमा रहेका औद्योगीक संरचना तथा सम्भावनाका बारे अध्ययन तथा अनुगमनका लागी आएको जनाइएको छ । 
भ्रमणका क्रममा कञ्चनपुरमा रहेका औद्योगीक क्षेत्र दैजिको छेला तथा दोधारा चाँदनी क्षेत्रमा ड्राइ र्पोट निमार्णका लागी अध्ययन तथा अनुगमन गरिने जनाइएको छ ।

प्राथमीकताका साथ यी योजनाहरु कार्यन्वयनका लागी पहल गर्न टोली स्थलगत भ्रमणमा आएको मन्त्री भट्टले बताउनुभयो ।

आज धनगढी विमानस्थलमा पत्रकारहरु संग कुरागर्दै मन्त्री भट्टले डुडेझारी र हरैया क्षेत्रलाई औद्योगीक र बिशेष आर्थीक क्षेत्रका विकास गर्ने योजना बमोजिम त्यो क्षेत्रको पनि अध्ययन गरिने बताउनुभएको छ ।